नियम १९
उजूरी दिन सकिने
(१) नियम १८ को उपनियम (२) बमोजिम सेवा उपलब्ध गराउन नसकिने भनी दिएको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले सो निर्णय उपर पैंतीस दिनभित्र सम्बन्धित सिंचाइ कार्यालय समक्ष उजूरी दिन सक्नेछ । (२) उपनियम (१) बमोजिम पर्न आएको उजूरीको सम्बन्धमा सम्बन्धित सिंचाइ कार्यालयले आवश्यक जा“चबुझ गरी आदेश दिन सक्नेछ र सो आदेश अन्तिम हुनेछ ।